हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मेयर र उपमेयरको उम्मेद्वार छनोट गरेको छ ।

समाजवादीको जिल्ला समितिको बैठकले हेटौँडा उपमहानगरपालिकाको मेयरमा रोमनाथ भुर्तेल तथा उपमेयरमा निशा लामालाई उम्मेद्वार बनाउने निर्णय गरेको समाजवादीका स्थायी कमिटि सदस्य बालकृष्ण चौँलागाईले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन ।