हेटौंडा । गठबन्धनबाट हेटौंडाको मेयर नेपाली काँग्रेसले पाउनुपर्ने माग राख्दै असन्तुष्ट कार्यकर्ताहरुले पार्टी कार्यालयमा लगाएको ताला करिव डेढ घण्टा पछि खोलिएको छ ।

नेपाल तरुण दल हेटौंडा उपमहानगर समिति सभापति सुनिल गिरीको सक्रियतामा लगाइएको ताला काग्रेस पार्टी जिल्ला सभापति बुद्ध लामा र सहसचिव निशान बजगाईंकोउपस्थिति खोलिएको हो ।

गठबन्धनबाट हेटौंडाको मेयर काँग्रेसको भागमा पर्नुपर्ने माग राख्दै असन्तुष्ट युवा कार्यकर्ताहरुले नाराबाजीसहित तालाबन्दी गरेका थिए । ताला खोल्ने क्रममा जिल्ला सभापति लामाले पार्टी कार्यालयले ताला लगाउनेलाई कारबाही गर्ने चेतावनी दिए ।