हेटौंडा । हेटौंडाको मेयर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको भागमा परेको छ ।

पाँच दलीय सत्ता गठबन्धनबाट हेटौंडा उपमानरपालिकाको मेयर समाजवादीको भागमा परेको हो । बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशका ११ वटा उपमहानगरको भागबण्डामा हेटौंडाको मेयर समाजवादीलाई दिने सहमति गरेको छ ।

हेटौंडाको उपमेयर भने नेपाली कांग्रेसले पाउने भएको छ । यसअघि देखिनै हेटौंडाको मेयर एकिकृत समाजबादीले पाउनु पर्ने भन्दै दावी गरेको थियो ।