हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नं. ३ का पूर्व क्षेत्रीय सचिव दीपक खड्कालाई मातृ शोक परेको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन मकवानपुरमा सहसंयोजकसमेत रहेका काँग्रेस नेता खड्काका ८६ वर्षीय माता उमादेवी खड्काको शुक्रबार साँझ हेटौँडा ७ स्थित निवासमा निधन भएको हो ।

स्वर्गिय खड्काको चितवनस्थित देवघाटमा दाहसंस्कार गरिएको छ । स्वर्गिय खड्काप्रति अन्तिम श्रद्धान्जली व्यक्त गर्दै फाउण्डेसनका मकवानपुर संयोजक एवं काँग्रेस मकवानपुरका पूर्व जिल्ला उपसभापति नारायण लम्साल, पूर्व जिल्ला सदस्य रमेशध्वज कार्की, काँग्रेस हेटौँडा उपमहानगरपालिका वडा नं. ७ का वडा सभापति दामोदर गौतमलगायतले काँग्रेसको झण्डा ओढाएका थिए । खड्काको तीन छोरी र तीन छोरा रहेका छन ।