हेटौंडा । सत्तारुढ गठबन्धनले मकवानपुर जिल्लाको भागबण्डा टुंग्याएको छ ।

स्रोतका अनुसार मकवानपुरमा ५ वटा स्थानीय तह कांग्रेस, ३ वटा माओवादी केन्द्र र २ वटा नेकपा (एकीकृत समावजादी)ले प्राप्त गरेको छ । कांग्रेसले वकैया, मकवानपुरगढी, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख प्राप्त गरेको छ । माओवादी केन्द्रले थाहा नगरपालिका, वाग्मती र भीमफेदी गाउँपालिका प्रमुखमा उम्मेदवारी दिने भएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार नेकपा (एस)ले हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोबर गाउँपालिका प्रमुख प्राप्त गरेको छ । गठबन्धनले केही समयभित्र पालिका अनुसार प्रमुख र उपप्रमुख समेत टुंग्याउने र सार्वजनिक गर्ने तयारी समेत भइरहेको बुझिएको छ ।