हेटौंडा । आसन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा टिकट प्राप्त गरेका उम्मेदवार सुमित्रा काफ्लेले चुनावी प्रचार प्रसार कार्यक्रम सुरु गरेकी छिन ।

काफ्लेले आइतबार बिहान आफ्नै गृह वडा हेटौंडा–११ बाट प्रचार कार्यक्रम सुरु गरेकी हुन । काफ्लेले वडाका जेष्ठ नागरिकहरुलाई भेटेर उनीहरुको आशिर्वाद लिँदै आफ्नो चुनावी अभियान सुरु गरेकी हुन ।

नेकपा एमाले पार्टीले सधैं जेष्ठ नागरिकहरुको सम्मान गर्न सिकाएकाले आफुले पनि जीवनको महत्वपूर्ण कामको लागि सुरुवात गर्दा जेष्ठ नागरिकहरुकै सम्मानबाट सुरु गर्न लागेको बताइन ।