हेटौंडा । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि पहिलो दिन ६ जनाले उम्मेद्वार दर्ता गराएका छन् ।

आईतबार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जनाले मेयर पदको लागि उम्मेद्वारी दर्ता गराएका हुन् ।

मेयर पदका लागि नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) बाट रोमनाथ भुर्तेल,नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह,उन्नत लोकतन्त्र पार्टीबाट अयोध्या कुमार भट्टराई र सचेत नेपाली पार्टीबाट राम प्रसाद गौतमले उम्मेद्वारी दर्ता गराएका छन् ।

हेटौंडाको मेयर पदका लागि स्वतन्त्रबाट लिला कुमारी आचार्य र देव राज पौडेलले उम्मेद्वारी दर्ता गराएका हन ।

यसैगरि,हेटौंडाको उपमेयरका लागि २ जनाले मात्र उम्मेद्वारी दर्ता गराएका छन् । उपमेयरका लागि मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख कुमारी तिमल्सिना रहेकी मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौंडाले जनाएको छ ।