हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको छ ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । बाजागाजासहित एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा एकराज उप्रेती र उपाध्यक्षमा सुजिता थिङले उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै नेकपा एमालेबाट मनहरी गाउँपालिकाको १ नम्बर वडा अध्यक्षमा भीमसेन अधिकारी, २ नम्बर वडा अध्यक्षमा निमा लामा, ३ नम्बर वडा अध्यक्षमा मानबहादुर बल, ४ नम्बर वडा अध्यक्षमा रविन ढकाल, ५ नम्बर वडा अध्यक्षमा किशोर बर्तौला, ले उम्मेदवारी दर्ता गराए ।

यसैगरी ६ नम्बर वडा अध्यक्षमा गोपी लामा, ७ नम्बर वडा अध्यक्षमा नारायण सिं घिसिङ, ८ नम्बर वडा अध्यक्षमा पुष्कर सुवेदी र ९ नम्बर वडा अध्यक्षमा लक्ष्मण उप्रेतीले उम्मेदवारी दर्ता गराए ।

एमालेले एकसाथ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारी दर्ता गराएको गाउँपालिका अध्यक्षका उम्मेदवार एकराज उप्रेतीले जानकारी दिए । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित वडा नम्बर ३, ५, ६ र ८ को वडा अध्यक्ष जितेको थियो । यस्तै ९ नम्बर वडामा पनि एमालेको बागी उम्मेदवारले अध्यक्ष जितेका थिए ।