हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ को वडा अध्यक्ष पदका लागि स्वतन्त्रबाट सुदिप राजवहाकले उम्मेद्वारी दर्ता गराएका छन ।

सोमवार दिउसो ११ः३० मा उनले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका हुन । हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्रबाट राजवहाकले आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए ।

यस अघि उनले हेटौंडा उपमहानगरपालिका वडा नम्बर दुईमा नेपाली काग्रेसबाट वडा सदस्य जितेका प्रतिनिधि हुन ।