हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर÷उपमेयर सहित १९ वटै वडाध्यक्ष र सदस्यहरुको उम्मेद्वारी दर्ता गरेको छ ।

एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल तथा उपमेयरमा सुमित्रा काफ्लेले उम्मेद्वारी दर्ता गरेकी हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेद्वारी दिएका पौडेलको प्रस्तावकमा बर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् । उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सिता विष्ट रहेका छन् ।

एमाले जिल्ला पार्टी कार्यालय हेटौँडाबाट र्याली सहित उम्मेद्वारी दर्ताको लागि उम्मेद्वार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

एमालेबाट वडा नम्वर १ मा उत्तमप्रसाद पौडेल, २ मा हरिबहादुर राउत, ३ मा रामकुमार पुडासैनी, ४ मा नविन सिग्देल, ५ मा शुसिल घिमिरे, ६ मा विश्वराज राई, ७ मा राजन थापा, ८ मा बोलबहादुर कार्की र वडा नम्वर ९ मा लक्ष्मणप्रसाद भण्डारीले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै वडा नम्वर १० मा फुर्वादोर्जे लामा, ११ मा जुना दाहाल, १२ मा राजेश नगरकोटी, १३ मा पेम्बा लामा, १४ मा दिपक खड्का, १५ मा सुनिल मोक्तान, १६ मा बसन्तप्रसाद लामिछाने, १७ मा लक्ष्मण खुलाल, १८ मा अनिलकुमार बानियाँ र वडा नम्वर १९ मा नरनाथ सुवेदीले उम्मेदवारी दिएका हुन् ।