हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुरमा अधिकांश नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन । पार्टीबाट स्थानीय निकायमा टिकट नपाएपछि अधिकांश नेता तथा कार्यकर्ताले राजिनामा दिएका हुन ।

नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीबाट राजिनामा दिएका छन । हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि पोखरेलले कुनै पदमा नरहने गरी राजिनामा दिएका हुन ।

पोख्रेलसँग पार्टी जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी, देवेन्द्र कोइराला, उत्तम न्यौपाने, गोपालबहादुर स्याङ्तानले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन् । पोख्रेलले जिल्लास्थित मनहरी, राक्सिराङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणका काममा लागेकाहरूलाई बाइपास गरेका कारण पार्टी परित्याग गरेको बताएका छन् ।

यस्तो छ विज्ञप्ति