हेटौंडा । बैशाख ३० गते हुने निर्वाचन अभियानलाई प्रभावका बनाउन नेपाली कांग्रेस मकवानपुरले पालिका संयोजक तोकेको छ ।

बिहिवार बसेको कार्यसम्पादन समितिको बैठकले १० वटै स्थानीय तहका लागि पालिका संयोजक तोकेको हो । स्थानीय निर्वाचन सन्चालन तथा समन्वयको लागि बागमतीमा इश्वर पाठक, बकैयामा ताराचन्द्र बजगाई, मकवानपुरगढीमा यतिराज सापकोटा र खेमराज सापकोटालाई संयोजक तोकिएको छ ।

त्यस्तै, भीमफेदीमा आनन्द कठायत, इन्द्रसरोबरमा विष्णुप्रसाद लामिछाने, थाहामा अशोक शाक्य, मनहरीमा अर्जुनप्रसाद चौलागाई, राक्सिराङमा उमा दाहाल, हेटौडामा माइकल रामचन्द्र अर्याल र कैलाशमा शैलेन्द्र बानियाँलाई संयोजक तोकिएको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईंले जानकारी दिए ।