हेटौंडा । नेकपा एकीकृत समाजवादी छाडेको भोलिपल्टै श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गरेका छन ।

बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष रहेका पोखरेलले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

तत्कालिन एमालेमा रहेका माधव नेपाल नेतृत्वको समुह एमालेबाट बिभाजन भएर एकीकृत समाजवादी गठन भएपछि पोखरेल पनि एमाले छाडेर समाजवादीमा लागेका थिए । पोखरेल समाजवादीको जिल्ला अध्यक्ष रहेका थिए । पार्टीमा व्यक्तिवाद हावी हुँदै गएको, सीमित व्यक्तिको स्वार्थ पूरा गर्ने प्राइभेट कम्पनि जस्तै भएको भन्दै उनले पार्टी छाडेको घोषणा गरेका थिए । पोखरेलसँगै नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटी सचिवालय सदस्यहरु उत्तम शर्मा न्यौपाने, देवेन्द्रप्रसाद कोइराला पनि नेकपा एमाले प्रवेश गरेका थिए ।