हेटौंडा । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेद्वार अनिल कुमार बानियाले जस्ता काण्ड बारे आज हेटौंडामा पत्रकार सम्मेलन गरेर स्पोष्टक्ती दिएका छन । उनले निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको आरोप लगाए ।

निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते,सुकौरा,घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडा अध्यक्षका उम्मेद्वार बाँनियाले हेटौंडामा पत्रकार सम्मेलन गरेर स्पोष्टक्तो दिएका हुन ।

हेटौंडा १८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका बाँनियाले आफु वडा अध्यक्षमा रहँदा फागुनमा उपभोक्ता समिति मार्फत हेटौंडा १८ को सुकौराको टोलको स्थानीयहरुलाई जस्तापाता लागि बजेट छुट्टाएको बताए ।

वडाध्यक्षका उम्मेदवार बानियाँले चुनाव प्रभाव पर्न हेटौंडा उपमहानगरपालिकाको रकमबाट खरिद गरि आचार संहित विपरीत उक्त जस्तापाता बाड्न लागेको स्थानीयले आरोप लगाएका थिए ।

चैत २५ गतेबाट निर्वाचन आचार संहित लागु भइसकेको छ । आचार संहित अनुसार कुनै पनि उम्मेदवार वा कुनै राजनैतिक दलले सहयोग,राहत वितरण गर्न मिल्दैन ।