हेटौंडा । मौलिक जरोकिलो पार्टीबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदकी उम्मेदवार सृजना बतौंलाले विकासको नाममा भईरहेको लुटतन्त्र रोक्नका लागि उम्मेदवारी दिएको बताएकी छिन ।
अनिरुद्र खबर संग कुराकानी गर्दै विकासको नाममा लुटतन्त्र मच्चिएको बताउँदै उनले प्लटिङ र डोजरे विकास मात्रै भएको बताइन । गेट, भ्यूटावर बनाउने नाउमा समेत भ्रष्टाचार भएको उनको टिप्पणी छ । हेटौंडालाई चाहिने विकास कस्तो छ ? अध्ययन गरेर विकास गर्नुपर्छ, उनले थपिन भ्रष्टाचार मुक्त शहर बनाउन र भ्रष्टाचारीलाई छानबिन गरेर सजाय दिन मैले उम्मेदवारी दिएकी हुँ ।
मौलिकता सहितको विकास संगसंगै समग्र जनताको चेतनाको विकास गर्न, हेटौंडामा सार्वजनिक निर्माण तथा डष्टविन सहितको फोहरमैला व्यवस्थापन गर्न, गुणस्तरीय स्वास्थ्य र शिक्षामा अझैं सुधारका लागि उम्मेदवारी दिएको उनले बताइन । प्रत्येक वडाका विपन्न बालबालिकालाई अनुसन्धान गरि आवश्यकता अनुसार कम्प्युटर प्रधान गर्ने, हरेक वडामा आबिष्कार केन्द्र तथा खेलकुदलाई प्रत्साहन गर्ने उनको प्रतिवद्धता छ ।
घरघरमै बृद्ध भत्ता पु¥याउने, रोजगारीको सिर्जना गर्ने, मौलिक उत्पादनलाई प्रोत्साहन गर्ने, आर्यआर्जनमा हेटौंडावासीलाई जोड्ने लगायतकाको उनको प्रतिवद्धता रहेको छ ।












प्रतिक्रिया दिनुहोस्