हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले जिते भ्रष्टाचारमुक्त देश बनाउने बताएका छन । अन्य राजनीतिक दलले भ्रष्टाचार गरेको आरोप लगाउँदै उनले देशको आर्थिक अवस्था खस्केको बताए ।
आइतबार हेटौंडामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले अन्य दल कमाउने सिद्धान्त बोकेर राजनीति गर्ने र आफूहरुले देशको विकास गर्न आएको बताए । ५ बर्षको अवधिमा मतदान गर्ने दिननै जनता मालिक हुने दिन भएको उल्लेख गर्दै भोट हाल्दा धेरै विचार र सोच पु¥याएर हाल्नुपर्ने उनको भनाई छ । लिङ्देनले भ्रष्ट्राचार नगरी, कमिसन नखाई कसरी स्थानीय तहको विकास हुन्छ भनेर हेर्नको लागि यो पटक राप्रपालाई विजयी बनाउन अनुरोध गरे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार दीपक बहादुर सिंहले आफू मेयर भए भ्रष्टाचारमुक्त नगर बनाई नेपालको नमुना नगरपलिकाको निर्माण गर्ने बताए । मेयर भएपश्चात सरकारबाट पाउने सुविधाहरु नलिई जनताको विकासमा जोड दिने उनको प्रतिवद्धता छ ।












प्रतिक्रिया दिनुहोस्