काठमाडौं । केही दिनअघि एक राजनीतिक दलका शीर्ष नेताले आफ्नो कार्यकर्ताहरूलाई मतदानपछि मतपेटिका मतगणनास्थलसम्म पुर्याउने बेला विशेष चनाखो हुन आग्रह गरे ।
उनले बिच बाटोमा मतपेटिका साटिनसक्ने भन्दै सतर्क हुन आग्रह गरेका थिए । निर्वाचनको निष्पक्षता र स्वच्छतामाथि नै प्रश्न उठ्ने गरी उनले गरेको टिप्पणी निर्वाचन आयोगप्रति लक्षित थियो ।
कतिपय व्यक्तिहरूले मतदान सकिएर मतपेटिका निर्वाचन अधिकृतलाई बुझाउने बेलासम्म साटिने र चलखेल हुनसक्ने आशंका गर्छन् । के त्यस्तो सम्भव हुन्छ त ?
हामीले यो विषयमा निर्वाचन आयोगका आयुक्तदेखि अधिकृतसम्मलाई प्रश्न सोध्यौं । मतदान हुनु अघिदेखि मतगणनासम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाइने भन्दै उनीहरूले यस्तो कल्पनासम्म पनि गर्न असम्भव हुने बताए ।












प्रतिक्रिया दिनुहोस्