हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ को मत गणना जारी रहँदा मेयर पदमा गठबन्धन र एमालेका उम्मेदवारबीच रमाईलो प्रतिष्पर्धा चलिरहेको छ ।

उपमहानगरपालिकाको चार वटा वडाको मत गणना जारी रहँदा पछिल्लो पटक प्राप्त मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार मिना लामा झिनो मतान्तरले अगाडी रहेकी छन् । ५ हजार २६७  मत गणना हुदा लामा ३९  मतले अगाडि रहेकी छिन् । उनलाई एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले पछयाईरहेका छन् ।

मेयर तर्फः
(गठबन्धन) मीना कुमारी लामाः १५८९
(एमाले) अनन्त पौडेलः १५५०
(राप्रपा) दिपक बहादुर सिंहः १४१४

उपमेयर तर्फ
(गठबन्धन) राजेश बानियाँः २२६३
(एमाले) सुमित्रा काफ्लेः १८९१
(राप्रपा) इन्दिरा डल्लाकोटीः ३९०