हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले अग्रता लिएका छन् ।

९०२९ मत गणना हुँदा सिंहले २७१० मत ल्याएका छन् । गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना लामाले २६६९ मत ल्याएकी छिन् भने नेकपा एमालेका अनन्त पौडेलले २४३४ मत ल्याएका छन् ।  त्यस्तै उपमेयरमा काँग्रेसका राजेश बानियाले अग्रता लिएका छन । बानियाँले ३९८२ मत ल्याएर अगाडि छन भने उनको पछि एमालेकी सुमित्रा काफ्लेले ३०१६ मत पाएकी छिन ।

अहिले हेटौंडा १ को मतगणना सकिएको छ भने २, १८ र १९ नम्बर वडाको गणना भइरहेको छ । सिंहलाई वडा नम्बर १ र २ बाट अत्याधिक मत प्राप्त भएको छ ।