हेटौंडा । हेटौंडा–१५ को वडा अध्यक्षमा नेकपा एमालेका सुनिल मोक्तान विजयी भएका छन् ।
बिहीबार दिउँसो सम्पन्न मतगणनाअनुसार मोक्तानले २ हजार ४ सय ९१ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नवराज घलानले १ हजार ५ सय १७ मत पाए ।
यस्तै वडा सदस्यमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा पातलीमाया गोङ्वा, मिनु बिश्वकर्मा, राजेन्द्र तितुङ र सिंहबहादुर लो विजयी भएका छन् ।












प्रतिक्रिया दिनुहोस्