हेटौंडा । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धको आन्दोलनका क्रममा हेटौँडाबाट अनेरास्ववियुका नेताहरू पक्राउ परेका छन् । अनेरास्ववियुले आज मूल्यवृद्धिविरुद्ध सरकारी सवारीसाधनकाे चाबी नियन्त्रणमा लिएर नजिकैकाे प्रहरी कार्यालयमा बुझाउने कार्यक्रम थियाे ।

आन्दाेलनका क्रममा सरकारी सवारीकाे चाबी थुतेपछि प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गरेकाे हाे । प्रहरीले स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिना, युवा संघका नेता राजकुमार घिमिरेलगायतलाई पक्राउ गरेकाे हाे ।

शान्तिपूर्ण आन्दाेलनका क्रममा आफ्ना नेताहरूलाई गिरफ्तार गरिएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट गरेकाे छ । गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहाइका लागि अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पाैडेलले माग गरेका छन् । उनले प्रहरी दमन नराेकिए उत्पन्न हुने परिस्थितिको हेक्का राख्न चेतावनी दिएका छन् ।