हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा ६ किलो र मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले भिमफेदी गाउँपालिका वडा नं.२ भैसे चेक पोष्ट अगाडी सडकमा बा २९ प ३०४४ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो ।

प्रहरीले लागुऔषध गाँजा सहित कैलाश गाउँपालिका वडा नं.४ झ्याङगे बस्ने बर्ष २४ को बिजय लामा भन्ने मान बहादुर मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले मोटरसाईकलको पछाडीको सिटमा जेब्रा झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा लागु औषध गाँजा बरामद गरेको थियो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।