हेटौँडा । उम्मेद्वार बन्नको लागि अत्याधिक शुल्क निर्धारण गरेको भन्दै प्रतिनिधिहरुले बिरोध गरेपछि नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय अधिवेशनमा उम्मेद्वारहरुले तिर्नुपर्ने मनोनयन दस्तुर घटाईएको छ ।

निर्वाचन समितिले उम्मेद्वारहरुको मनोनयन दस्तुर घटाएको निर्वाचन अधिकृत प्रविण हुँमगाईले बताए ।

यस्तो छ नयाँ उम्मेद्वारी दर्ता शुल्क
अध्यक्ष: २० हजार
बरिष्ट उपाध्यक्ष: १० हजार
उपाध्यक्ष: १० हजार
महासचिव: १० हजार
उपमहासचिव: १० हजार
सचिव: १० हजार
कोषाध्यक्ष:१० हजार
केन्द्रीय लेखा आयोग संयोजक: १० हजार
केन्द्रीय सदस्य:५ हजार
केन्द्रीय लेखा समिति सदस्य: ५ हजार