हेटौंडा । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले मकवानपुरको ६ वटा निर्वाचन क्षेत्रमध्ये चार वटा क्षेत्र आफुहरुले पाउनुपर्ने बताएकी छिन् ।

सहमहामन्त्री डिनाले मकवानपुरमा कांग्रेसले १ प्रतिनिधिसभा क्षेत्र तथा ३ वटा प्रदेशसभा क्षेत्रमा दाबी रहेको बताईन् । मकवानपुरमा शक्ति सन्तुलनको हिसाबले पनि आफुहरुले चार क्षेत्र दाबी गर्ने उनको भनाई छ ।

मकवानपुरमा गठवन्धनको अन्य दलहरुले पनि प्रतिनिधिसभा र दुई भन्दा धेरै प्रदेशसभा दाबी गरेका छन नि भन्ने प्रश्नमा उनले यसबारे बैठकमा छलफल हुने बताईन् । अहिले केन्दीय गठवन्धनको कुराहरुमात्र अघि बढेको भन्दै उपाध्ययले जिल्ला स्तरको कुरा पछि हुने तर कांग्रेसको दाबी चार क्षेत्र रहेको बताईन् ।

मकवानपुरको सन्र्दभमा प्रदेश सभापति इन्द्रबहादुर बानीयाँसँग अन्तरबिरोध रहेको कुरा सुनिन्छ नि भन्ने प्रश्नमा उनले भनिन् ‘बाहिर आएजस्तो उहाँसँग कुनै अन्तरविरोध छैन, हामी मिलेरै अघि बढेका छौँ।’

उनले नेपाली कांग्रेसले चुनावी तालमेलको लागि १ सय सिटको बटमलाईन बनाएको बताएकी छिन् । अहिले भैरकेको सर्वदलीय बैठकमा कांग्रेसको पदाधिकारी बैठकले दिएको निर्णय अनुसार १ सय सिट तल नहुने गरि सिट बाँडफाँडको कुरा अघि बढाउन निर्देशन दिईएको बताईन् ।

सहमहामन्त्री उपाध्ययले केहि दिनमानै सत्ता गठवन्धनको सिट बाँडफाडको कुरा मिल्नेमा आफुहरु विश्वस्त रहेको उनको भनाई रहेको छ ।