हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आइतबार डिसेम्बर २५ तारिखमा ईसाई धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन ।

प्रदेश प्रदेश शर्माले एक प्रेस विज्ञप्ति जारी गदै क्रिसमस डेलाई इसाईहरुको महत्वपूर्ण पर्व भएको उल्लेख गरे । उनले आफ्नो शुभकामना सन्देशमा संवैधानिक व्यवस्था अनुसार नेपाल धर्म निरपेक्ष राज्य भएको भन्दै सनातनदेखि चलिआएको धर्म, संस्कृतको संरक्षण, धार्मिक सांस्कृतिक स्वतन्त्रताको अनुसरण–उपयोग हाम्रो मौलिक अधिकार रहेको उल्लेख गरे ।
उनले आफ्नो सन्देशमा भनेका छन््, ‘यस सन्दर्भमा डिसेम्बर २५ लाई इसाई धर्मावलम्बीहरुले मनाउने क्रिसमस पर्व एउटा महत्वपूर्ण दिवस हो ।’ यो पर्वको अवसरमा इसाई मतावलम्बीहरुका साथै बागमती प्रदेशबासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई–दिदिबहिनीहरुमा सुख, शान्ति र प्रगतिको लागि प्रमुख शर्माले कामना गरे ।

यस्तै शर्माले यस पर्वले हामीबीचको एकता सुदृढ गर्न, सामाजिक सद्भाव अभिवृद्धि गर्न र धार्मिक सहिष्णुता कायम राख्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत व्यक्त गरे ।