हेटौंडा । राष्ट्रिय सभाको बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा बुधबार हुने निर्वाचनको तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लिरत्त श्रेष्ठले बुधबार बिहान ९ बजेबाट मतदान सुरु हुने जानकारी दिए । हेटौंडा औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय परिसरमा दिउँसो ३ बजेसम्म मतदान हुने र साँझ ७ बजेसम्म परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।
स्वास्थ्य मापदण्ड पूरागरी निर्वाचनको ब्यवस्थापन गरिएको हो । निर्वाचनमा ६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीले गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन् ।

निर्वाचनमा वागमती प्रदेशसभा सदस्य एकसय नौं जना र प्रदेशका १३ जिल्लाका एकसय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुईसय ३८ गरी तीनसय ४७ मतदाता रहेका छन् ।

अन्नपूर्ण पोष्टबाट साभार