अनुकुलताको केन्द्रमा बसेर परिवर्तनको विवेचना गर्नु ब्यर्थ छ । त्यस्तान्यारेटिभहरुबाट समाजलाई निकाल्नु जरुरी भैसकेको छ । बन्द कोठाको बुद्धिविलासले देशलाई अग्रगमनतर्फ होईन, पश्चगमनतर्फ धकेल्ने निश्चित छ । त्यसैले म सब्जेक्टिभ रियालिटिमाविश्वास गर्छु । यथार्थ तस्विर जनताको वीच,जनता संगको अन्तरक्रियाबाट पहिल्याउन सकिन्छ । खुल्ला आकाश मुनी निस्कनु, हिड्नु, बुटवाहरु संग कुराकानी गर्नु, बस्तीमा छिर्नु, जीवन नियाल्नु, घर र मान्छेका सुखःदुखको पहेँलीहरु खोतल्नु, समस्या समाधानका बाटो पहिल्याउनु र समाधानको अग्रसरता लिनु प्रत्येक सामाजिक वा राजनीतिक अगुवाको दायित्व हो । पेपरमा प्रोग्रेस देखाउने विकासे कार्यकर्ता वामाईति घर कि सामाजिक संजालमा घृणा र द्धेषकादुर्वाच्य प्रयोग गर्ने नयाँ नेताहरुप्रति यो कटाक्ष होईन । मेरो मान्यता हो– जीवन बुझ्न भूईँमा झर्न पर्छ् । भुइँ अर्थात जमिन, त्यहाँबाट थाहा पाउन सकिन्छ, जीवन, समाज र देशको यथार्थ ।

भूईमा बसेर यथार्थ बुझ्ने र सामाजिक जागरणका लागि पहल कदमिलिने अठोट सहित २०२४ अप्रिलदेखीम राक्सिराङ गाँउपालिकाको केन्द्र चैनपुरमा बस्न थालेँ । मेरो हरेक पटकको बसाई बढिमा एक महिना र घटिमा एक दुई दिनको हुन्थ्यो । मलाई त्यहाँ बस्ने वातावरण बालबालिकाको क्षेत्रमा काम गर्ने अग्रणी संस्था फ्युचर जेनेरेशन नेपालले बनाएको हो । त्यसो त राक्सिराङ, चेपाङ र चिउरीको प्रसङगहरु मेरा लागि नयाँ होईनन् । राक्सिराङ संग जोडिने अर्को विषय गाँजा पनि हो तर पङतिकारको ध्यये यसको चर्चा गर्नु होईन । पछिल्लो समय राक्सिराङमा पुरानो साँस्कृतिक मुल्यमान्यताहरु परिवर्तन भएकाछन् । खानापान, विहेवारी र जीवनयापनमा आमुल परिवर्तन छ । हिजो र आजको मुल्यमान्यताले सिर्जना गरेको अन्तरविरोधहरु पनि यदाकदा प्रकट हुने गरेका छन् । नोवेल पुरस्कार समेत प्राप्त गरेका अर्थविद्ध अर्मत्य सेनले विश्वब्यापिकरणलाई विचार, वस्तु र सेवा, प्रविधिएवम् पुजीँको सहज आवतजावतहो भनी ब्याख्या गरेका छन् । राक्सिराङ विश्वब्यापिकरणको प्रभावबाट अलगछैन । राक्सिराङमा अहिले पेप्सिकोले उत्पादन गर्ने माउन्टेन डिउको राम्रो खपत छ । चाडपर्व उत्सवमा डिउ अनिवार्य जस्तै भएको छ । गाँउमा दुधदहि नपाईएला, डिउ जहाँ तहिपाउने अवस्था छ । राक्सिराङकायुवाहरु मोबाईलमा गेम खेल्छन् । फेसबुक, टिकटकबाट मायापिरती गाँस्छन् । यसैमा राक्सिराङका एक जना वडा अध्यक्षका छोराले पब्जि खेल्दाखेल्दै पाल्पाकी केटी संग माया गाँस्नपुगे । मकवानपुरको विकट दामराङ भन्ने ठाँउ (म त्यहाँ पुग्दा विजुली पुगेको थिएन, पोल मात्र थिए) बाट केटार केटि पाल्पाबाट पोखरा पुगेर विवाह गरे । अचेल प्रविधिले जस्तै धर्मले पनि सहजै भुगोल छिचोलेको छ । गाँउमा चर्चहरु बढेका छन्् । यसको अर्थ क्रिष्टिएनहरु बढेका छन् । क्रिस्टिएन र त्यहाँका आदिवासीहरुले मान्ने बौद्ध धर्मका केटाकेटीवीच विवाह हुदाँ कुन रितिरिवाज कसरी अनुसरण गर्ने भन्नेमा यदाकदा असहजता हुने गरेको छ ।

कतैकतै यस्तो पनि लाग्छ कि राक्सिराङ दुविधामा छ, एकातिर नयाँ विचार, धर्म, संस्कृति अर्कोतिर बर्षौदेखी मानिआएको चालचलन तर परिवर्तनको मोहमा मौलिक आदिवासीकला संस्कृति मेटिनु हुँदैन पालिका सचेत देखिन्छ । त्यसैले गाँउमा चेपाङ संग्रालय बनेको छ । आदीवासी जनजाती भाषाका प्रशिक्षण चलेको छ तर गाँउ नै छोडेर वैदेशिक रोजगारीमाजाने युवाहरुको संख्यामा पनि उस्तै छ । विदेशको रोजगारी बाट प्राप्त रकम बाट शहर बजार तिर मान्छेहरु पलाएन हुन थालेपछि अघिल्लो वर्ष राक्सिराङ गाँउपालिकाको सभाले पालिकाभित्र बसाईसरी आउने परिवारलाई निशुल्क घर दिने निर्णय गरेको थियो । कहिँबाट कुनै पनि परिवार त्यहाँ बसाईसरी आएनन्, पालिकाले निशुल्क घर दिनुपरेन । यस्ताअनेक किस्साहरु छन् ।

कुनै समय राक्सिराङका टाठाबाठा संग साथमा चारवटा कुरा अनिवार्य हुन्थ्यो– सहकारी, कृषिफर्म, सामाजिक संस्था र उपभोक्त समिती– एक दिन पालिकाका सामाजिक विकास शाखा प्रमुख गोबिन्द अधिकारीले सुनाउनु भयो । राजनीतिकदलको सदस्यता पनि अनिवार्यथियो होला ! आज टाढा बाठा धेरैको घर मकवानपुरको हेटौंडा, मनहरी, लेवट, बसामाडि वा चितवनको लोथर, भण्डारा तिर छ । समाजशास्त्रि एन्थोनि गिडेन्सकाअनुसार विश्वब्यापिकरण भनेको टाढाका ठाँउहरुलाई जोड्ने र स्थानीयजीवनलाई आकार दिने विश्वब्यापि सामाजिक सम्बन्धको तिव्रता हो । युवाहरु रोजगारीको लागि शहर हुँदै देशबाहिर गएका छन् । बाहिर गएकाहरु फर्किएका छन् । प्रविधि घर र आफन्त जोड्ने सेतु भएको छ । कति कथाहरु यस्तापनिछन्, कि प्रविधिकै कारण सम्बन्धमा तोडिएका छन् । आमाबुवा दुबैले अरु नै संग पुनःविवाह गरेपछि विचल्लिमा परेका बालबालिका छन् । वडाअध्यक्षहरु अक्सर बालविवाह छुटाउन खोज्दा भोग्नु परेको चुनौति सुनाउनु हुन्छ । गाँउमा विद्यालयको पर्फमेन्स कमजोर छ । सक्ने र मिल्ने अवस्थामा अभिभावक बालबालिकालाई मनहरी, हेटौंडा, चितवन वा काठमाण्डौं तिरै पठाउन चाहान्छन् । गाँउबाट पढ्नका लागि भनि बाहिर गएकाहरु कतिपढेर राम्रो ईलम गर्ने भएका छन् । कति गाँउ फर्किएका छन् । कोहिको अवस्था अज्ञात छ । गतवर्ष बालबालिकाको गैरकानूनी ओसारपसार विरुद्ध अभियान लिएर क्रियाशिलहुँदै गर्दा वडा नं ८ तालुकाका एक विद्यालय प्रधानाध्यापकले भन्नुभयो, यो वर्ष पनि विद्यार्थीलाई होस्टल पठाई दिन तारन्तार फोन आईरहेछ । हरेकवर्ष दजनौं विद्यार्थीलाई होस्टलमा पढाउने भन्दै गाँउ बाट लगिन्छन् । तिमध्ये थोरै विद्यार्थी मात्र आधिकारिक सिफारिस मार्फत पठाईने गरेका छन् । हाम्रो र पालिकाको अथक प्रयास पछि अहिले सिफारिस दिनबन्द गरिएको छ ।

यहाँ विद्यार्थी पठाईने भनिएको “होस्टल” शहर बजारमा हुने बोडिङ स्कुलको होस्टल जस्तो होईन । कुनै सामाजिक वा धार्मिक संस्थाले गरिब निमुखा विद्यार्थीलाई हेरचाह गर्ने र पढाउने भनिखोलिएका केन्द्र हुन् । यस्ता संस्था कति छन्, सरकारको रेकर्डमा छैन । राष्ट्रिय बालअधिकार परिषदबाट २०८०-८१ मा प्रकाशित स्थिति प्रतिवेदन अनुसार नेपालमा करिब ४०० संस्थागत स्याहार केन्द्र छन् । धेरैजसो दर्ता नभई संचालन भएका छन् । दर्ता भएका केन्द्रहरुको समेत धेरैको मापदण्ड पुगेको छैन । जेहोस् यस्ता संस्थाहरुका नाममा पारिवारिक स्याहारबाट अलग पारिएका बालबालिका उच्च जोखिममा छन् । गतवर्ष अप्रिलमा फ्युचर जेनेरेशन नेपालले काठमाण्डौंका विभिन्नमा पदण्ड नपुगेका बाल गृहबाट उद्धार गरिएका राक्सिराङ र कैलाशका १२ बालबालिकालाई परिवारको जिम्मामा सुम्पिएको थियो । हामी यि बालबालिकालाई गाँउमै आफ्नो अभिभावककै काखमा हुर्कन पाउने वातावरण सुनिश्चित गर्न लागेका छौं ।

चुनौतिहरु त हरेक क्षेत्रमाछन् । मानव सुचकाङकमापछि परेको लोपोन्मुख चेपाङ जातिको बसोबास रहेको राक्सिराङमाअनेक चुनौतिछन् तर प्रतिकुलताको वीचपनि राक्सिराङ परिवर्तनको बाटोमा छ । कतिपयले भन्छन्, राक्सिराङ काठमाण्डौंनजिकको कर्णालीहो । यो गिलासको आधापानीलाई आधाभरिएको भन्ने कि आधाखालीभन्ने प्रसङग जस्तै हो । म आधाभरिएको देख्छु । कसैले आधाखालीभन्न सक्छ । चैनपुर बसाईको सुरुवातिदिनहरु म राक्सिराङको अर्थ खोतल्दै थिएँ। “राक्सि”अर्थात साल, “राङ” अर्थात बारी, समग्रमा सालको बारी रहेछ । पछि दामराङ, धिराङ हुँदै समग्र राक्सिराङको भूबनोट, बसाईसराई प्रवृति, जिविकोपार्जन, सास्कृतिकमुल्यमान्यता, ग्रामिण अर्थतन्त्र र बालबालिकाको समग्र अवस्थामेरो चासोको विषय बनेका छन् ।

हेटौंडाबाट देखिने राक्सिराङ, पलासेँ र चैनपुरबाट हेरिने राक्रिाङ, दामराङ, धिराङ, गर्लिङबाट बुझिने राक्सिराङमा धेरै अन्तर हुँदो रहेछ । सन् २०२४ को मे वाजुनतिर हुनुपर्छ, पङतीकार दामराङ जाँदा विजुलीका पोलहरु बाटोमा देखिएका थिए । विजुली पुगिसकेको थिएन । बाटो वरपरका पोलले राम्रै संकेत गरिरहेको थियो । अहिले लगभग राक्सिराङमा विधुतिकरण भएको छ । एक दशकअघिको कुरा त हो, राक्सिराङबाटमनहरी झर्न एकदुई दिनहिंड्नुपर्ने अवस्था थियो । अहिले कम्तिमा सबैतिर कामचलाउ नै भने पनि बाटो छ । बाईकबाट त अझै धेरै ठाँउ पुग्न सकिन्छ । बाईक नहुनेलाई पठाउ चल्छ । यो “काठमाण्डौं” को पठाओ होईन, स्थानिय पठाओ हो । बाईक हुने युवाहरु केहि पैसा लिएर यात्रुलाई गन्तब्य पु¥याईदिन्छन् । फ्युचर जेनेरेशन नेपालको आउटरिच वर्कर सुबिना भुजेल प्रायपठाओ बाटै ओहोरदोहोर गर्नुहुन्छ । गाडिको विकल्पछिटो, छरितो पठाओ १“पठाओ”ब्रान्ड नेम प्रतिको आकर्षण, यो पनि विश्व ब्यापिकरण कै प्रभावहो कि !

सन्तोष पौडेल
थप जानकारी