स्थानीय नेताहरुको व्यक्तिगत मनोकाक्षा, पदलोलुप, घमण्डका कारण एमालेले जनस्तरबाट अप्रत्यासित रुपमा हार व्यहोर्दैछ ।
इमान्दार कार्यकर्ताहरु पार्टीबाट निरास भएर बसेका छन् । पार्टी परित्याग गर्दा समेत किन यसो गरेको आउनुस् बसेर एक कप चिया पिउ समेत भन्न नसक्ने पार्टी नेतृत्वबाट पार्टी संचालनको आशा गर्न सकिदैन । सडक तथा गल्लीहरुमा बनाएका पार्टी सदस्यहरुले पार्टी चलाउने जस्ता गलत सोच अनि आफ्नै विधानको चिरहरण गरी गरिएको निर्णयको परिणाम आज देखिदैछ ।

जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरु तथा आफुलाई संधै बाघ सम्झने निकम्मा नेताहरुले स्थानीय निकायमा लाभको पद ग्रहण गर्न, प्रदेश तथा संघीय संसदको टिकट पाउनको लागि अधिवेशनको नाममा विधानलाई कुल्चेर गरिएको निर्णयका कारण आज यो अवस्था देखा परेको छ ।स्थानीय निर्वाचनको अहिले सम्मको प्रारम्भिक मत परिणामको मात्र आँकलन गर्ने हो भने लामो समय देखि देशको प्रमुख पार्टीको रुपमा रहेको एमाले अव दोश्रो स्थानमा झर्दैछ । के यो पार्टी ती दम्भी नेताहरुले मात्र बनाएको हो ? यसको जिम्मेवारी लिनु पर्छ कि पर्दैन ? जानाजान गरिएको यस प्रकारको गल्तीको सजाय के हुन सक्छ ?

यदि यो नेतृत्व आगामी प्रदेश तथा संघीय निर्वाचन सम्म रहे यो पार्टीको अस्तित्व समाप्त हुने अवस्थामा छ । यस्तो अवस्थालाई आम पार्टी कार्यकर्ताहरुले सोच्ने कि नसोच्ने ? भीमकाय जनावर डाइनोसर पनि यो संसारबाट लोभ भएका छन् । आफुलाई सिंह सम्झने जिल्लाका पार्टी नेतृत्वहरु हुँडारहरुको सिकार गर्न नसक्ने भएका छन् र एक दिन आरक्षणमा बन्दी हुने निश्चित छ । अलिकति पनि नैतिकता छ भने तत्काल जिल्लाका नेतृत्व तथा जिल्ला संचालनको जिम्मा पाएका केन्द्रीय स्तरका नेताहरुले तत्काल राजिनामा गरी नयाँ पुस्तालाई पार्टी संचालनको जिम्मा दिनु पर्दछ । गणेश प्रवृतिबाट पद प्राप्त गर्छु भनेर सोच्ने हो भने तपाईका सुमेरु पर्वत तथा महादेवको युग होइन हेक्का रहोस् ।

श्यामकल श्रेष्ठ
थप जानकारी