मानिसले आफ्नो जीवन सञ्चालनका लागि केही न केही काम गर्नु पर्दछ । मानिसमा ज्ञानले कामको प्रकृतिलाई प्रभाव पार्दछ । यसरी मानिसले गर्ने कुनै पनि कार्यलाई सीप वा कला भनिन्छ । मानविय ज्ञानलाई सीपको रुपमा परिणत गरेपछि मानिसका दैनिक जीवन सञ्चालन गर्न सहज हुने गर्दछ । सामान्य खेती किसानी गर्ने सीप र प्राविधिक सीपमा अन्तर हुने गर्दछ । स्वदेशमा गर्ने कामको प्रकृति र विदेशमा गर्ने कामको प्रकृतिमा धेरै भिन्नता हुने गर्दछ । वैदेशिक रोजगारका सम्बन्धमा सीपको महत्व ज्यादै हुने गर्दछ । वैदेशिक रोजगारमा जानु अगाडि नै सम्बन्धित कम्पनीमा गर्नु पर्ने काम सिकेर, दक्ष भएर जाँदा कामदारलाई सजिलो हुनुका साथै आकर्षक तलव, सेवा र सुबिधा पाउछन् ।

वैदेशिक रोजगारीमा जानु भनेको श्रम गर्न जानु हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सीप सिकेर मात्रै जानुपर्दछ । सीप सिकेर जाँदा वैदेशिक रोजगार सुरक्षित र भरपर्दो हुन्छ । वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित कामको बारेमा तालिम लिएर मात्रै जानुपर्दछ । तालिम लिएर गएमा सम्झौंता अनुसारको काम र पारिश्रमिक प्राप्त गर्न सकिन्छ । सीप नसिकी जाँदा रोजगारदाताको अपेक्षा बमोजिम काम नहुँनाले तल्लो दर्जाको काम तथा जोखिमपूर्ण काममा लगाईदिन सक्दछन्, साथै रोजगारदाताले हेप्ने, कुट्ने, पिट्ने गर्न सक्दछन् ।

वैदेशिक रोजगारमा जाँदा फर्निचर सम्बन्धि काममा जाने भए कारपेण्टर, होटल सम्बन्धी काममा जाने भए वेटर्स÷वेट्रेस, रुमब्याय, कुक, घर भित्रको काममा जाने भए हाउस मेड, बच्चा तथा बुढाबुढीको हेरचाहमा जाने भए केयर गिभर, सुरक्षा गार्डमा जाने भए सेक्युरिटी गार्ड, कन्सट्रक्सनको काममा जाने भए स्काफोल्डिङ्ग, मेशन आदि तालिम लिएर गए राम्रो सुविधा, काम गर्न सजिलो हुनाको साथै काममा दक्षता हासिल गर्न सकिन्छ । साथै दुर्घटनाको संभावना पनि कम हुन्छ । सीप सिक्नु भनेको जीवनको अमुल्य सम्पत्ति हो जुन आजिवन काममा आउँछ । स्वदेशमा सीप सिकेर विदेशमा प्रयोग गर्ने र त्यहाँ सिकिएको सीप तथा प्रविधिलाई स्वदेशमा फर्किएर सोही अनुरुपको आफ्नै व्यवसाय गरी आय आर्जन गर्न पनि सकिन्छ ।

सके सम्म स्वदेशमै केही गर्ने प्रयास गरौं, नसके मात्रै वैदेशिक रोजगारीको बाटो अंगालौं । परदेश जानै परे तालिक लिई कम्तीमा पनि एउटा सीप सिकेर मात्रै जाऔं ।

सीप तालिम लिदाका फाईदाहरु
वैदेशिक रोजगार वोर्डको सचिवालय, अन्य सरकारी एवं विभागबाट इजाजत प्राप्त सीप तालिम प्रदायक संस्था लगायतबाट सशुल्क÷निशुल्क रोजगारमूलक सीप तालिम संचालन हुने गर्दछ । सीप तालिम लिएर वैदेशिक रोजगारीमा जाँदा निम्न फाइदा हुन जान्छ ।
गुणस्तरीय काम पाइन्छ ।
तलव, सुविधा वढी हुन्छ ।
सुरक्षित र मर्यादित काम गर्न पाइन्छ ।
वैदेशिक रोजगारको सिलसिलामा हुने ठगीवाट वच्न सकिन्छ, आफ्नोसीपमा पूर्णता आउछ ।
इज्जतीलो काम पाइन्छ ।
धेरै समय विदेशिनु पर्दैन ।
परिवार, आफन्तले विदेशमा गर्नेकाममा वढी चिन्तित हुन पर्दैन ।
वैदेशिक रोजगारमा आउनेजोखिम कम हुन्छ, स्वदेशमैरोजगार हुन सकिन्छ ।

वैदेशिक रोजगारमा जानेहरु मध्ये अधिकाँश अदक्ष श्रमिकका रुपमा जाने गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२० अनुसार आर्थिक बर्ष २०७४/७५ मा ६६ प्रतिशत नेपाली अदक्ष श्रमिकका रुपमा वैदेशिक रोजगारमा गएका थिए । सन् २०७५/७६ मा भनें ५९ प्रतिशत नेपालीले कुनै पनि सीप विनाको रोजगारीमा जानका लागि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए । सीप नहुँदा वैदेशिक रोजगारमा जानेहरुले त्यहाँ न्यून ज्यालामा जोखिमपूर्ण काम गर्नु परिरहेको छ ।
नेपालको जनगणना २०६८ का अनुसार कूल १९ लाख २१ हजार ४९४ जना नेपाल बाहिर रहेको तथ्याङक छ । यो संख्या भनेको वैदेशिक रोजगार लगायत अन्य विविध उद्देश्यले देश बाहिर रहेकाहरुको तथ्यांक हो । उक्त जनगणनाको प्रतिवेदनका अनुसार ११ लाख ७८ हजार ९२६ जना भारत बाहेक अन्य मुलुकमा रहेको पाईन्छ । यस्तैगरी, आई.ओ.एम. द्वारा प्रकाशित ःष्नचबतष्यल ष्ल ल्भउब,ि ब् अयगलतचथ एचयाष्भि द्दण्ज्ञढ प्रतिवेदनमा वैदेशिक रोजगारी लगायत अन्य प्रयोजन कूल २३ लाख ६५ हजार ९७५ जना नेपालीहरु विश्वका विभिन्न ६९ वटा मुलुकहरुमा रहेको तथ्यांक छ । हाल वैदेशिक रोजगारीमा यति नै नेपाली कामदार रहेको छ भनी ठोकुवाका साथ भन्न सक्ने स्थिति छैन । यद्यपि वैदेशिक रोजगार विभागको गत ३ वर्षको तथ्यांकको आधारमा भन्ने हो भने कम्तीमा पनि १३ लाख ९४ हजार १७२ पुरुष र ९३ हजार २८० महिला गरी कूल १४ लाख ८७ हजार ४५२ जना वैदेशिक रोजगारमा रहेको आंकलन गर्न सकिन्छ ।

वैदेशिक रोजगारीका लागि नेपाल सरकारले इजाजतपत्र प्राप्त संस्था मार्फत् ११० र व्यक्तिगत श्रम स्वीकृतिमार्फत् जान १७२ मुलुकहरु वैदेशिक रोजगारीका लागि खुला गरेको छ । आर्थिक बर्ष २०५०/५१ देखि चालू आथिक बर्षको चैत्र मसान्तसम्म अर्थात् गत २५ वर्षभित्र वैदेशिक रोजगार विभागबाट २ लाख ३७ हजार ९६१ महिला र ५२ लाख ५८ हजार ४९९ पुरुष गरी कूल ५४ लाख ९६ हजार ४६० जना नेपाली कामदारलाई वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागको तथ्याङक छ । वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरुको यकिन तथ्यांक भने राख्न सकिएको छैन । हाल वैदेशिक रोजगारीका लागि कति नेपालीहरु देश बाहिर छन्भन्ने यकिन तथ्यांक समेत पाउन गाह्रो रहेको अवस्था छ ।

निःशुल्क सीप तालिम
वैदेशिक रोजगार बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभीटी) सँगको सहकार्यमा वैदेशिक रोजगारमा जान चाहने तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई लक्षित गर्दै निःशुल्क तालिम संचालन गरेको छ । बोर्डले वैदेशिक रोजगारमा जान चाहने, विदेशबाट फर्किएका वा स्वदेशमा नै रोजगारी गर्न चाहनेहरुको सीप विकास गर्नका लागि तालिमको व्यवस्था गरेको हो । बोर्डले कुक, वेटर, हाउस किपिङ, किचन सहयोगी, फ्रण्ट अफिस सहायक, सुरक्षा गार्ड, डकर्मी, हाउस पेन्टर, प्लम्वर सहायक, वेल्डर सहायक, जुनियर फर्निचर मेकर, व्यूटीसियन, जुनियर व्यूटिसियन, सटरिङ कार्पेन्ट्री, एसिस्टेण्ट स्काफोल्डर, ईलेक्ट्रिसियन लगायतका तालिम दिने व्यवस्था मिलाएको छ ।

१ सय ६० घण्टा समयावधिको तालिम लिन वैदेशिक रोजगारमा जान ईच्छुक भएमा पासपोर्ट बनाएको र रोजगारीका लागि विदेश जान चाहेको स्वघोषणा गरेको फारम भर्नुपर्ने छ । यसैगरी वैदेशिक रोजगारबाट फर्केको भएमा समस्यामा परेर फर्केकाहरुलाई प्राथमिकता दिइनु पर्नेछ । बोर्डले सिटीईभीटीसँगको समन्वयमा तोकेको शुल्कमा एक महिनाको तालिम सकेकाहरुले राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी) ले लिने सीप परिक्षण उत्तिर्ण गरेमा सो सहभागिलाई तालिम लिंदा तिरेको शुल्क वैदेशिक रोजगार बोर्डले फिर्ता दिनेछ । यसका लागि तालिम अवधिमा ९० प्रतिशत हाजिरी तथा सीप परीक्षण उत्तिर्ण गरेको प्रमाणपत्र हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । एक महिने तालिम सकेकाहरुले लेभल १ को प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सल्लाह, सुझाव र प्रतिक्रियाका लागि

anil.parajuli.om@gmail.com

अनिल पराजुली
थप जानकारी