वीरगन्ज । बारा क्षेत्र नम्बर २ को मङ्गलवार बिहान ८ बजेसम्म भएको मतगणनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेकाे छ।
सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार यादवले १० हजार ४७८ मत ल्याएका छन भने उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले सात हजार ४० मत ल्याएर पछ्याइरहेका छन।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार १४४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश प्रसाद खरेल एक हजार ८८३ मत ल्याएर चौथो स्थानमा रहेका छन ।
त्यस्तै गरी आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले ५९९ ल्याई पाँचौँ स्थानमा रहेका छन । यसअघि बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका राम सहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि वैशाख १० गते उपनिर्वाचन भएको थियो ।












प्रतिक्रिया दिनुहोस्