हेटौंडा । नेपाली काँग्रेसनिकट नेपाल तरूण दल केन्द्रिय तदर्थ कार्यसमितिको सदस्यमा मकवानपुरका तीन जना मनोनित भएका छन ।

मकवानपुरबाट राजेश भेटवाल, सुनिल दाहाल र गुरुप्रसाद दाहाल मनोनित भएका हुन । २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको नेपाली कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको थियो ।

पार्टीभित्रको गुट उपगुट मिलाउँदा तरुण दलको जम्बो तदर्थ समिति बनेको कांग्रेस स्रोतले बताएको छ । आन्तरिक गुटबन्दीका कारण तरुण दलसहित कांग्रेसका भातृ संस्थाहरुले लामो समयदेखि महाधिवेशन गर्न सकेका छैनन् । बागमती प्रदेशबाट एक सय सात जना मनोनित भएका छन ।