हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–६, लच्का कत्लेखोलास्थित एक वृद्धा मृत अवस्थामा फेला परेका छन् ।

देश भारत, मोतिहारी ठाना थम्पापुर घर भएका ७० वर्षीया किस कुमारी मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, उनी लच्का कत्लेखोलास्थितमा डेरा गरी बस्दै आएकी थिइन् । राती खाना खाएर सुतेकी उनी बुधबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।