हेटौंडा । विशेष आन्तिरीक अभियानमा होमिएको नेपाली काँग्रेसको अभियानलाई सफल पार्न नेपाली काँग्रेस हेटौंडा नगरकार्य समितिले हेटौंडाका १९ वडामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको शुक्रबार बसेको बैठकले काँग्रेसको अभियानको रुपमा चलिरहेको विशेष आन्तिरीक अभियानका लागि हेटौंडाका १९ वडामा प्रतिनिधि खटाएको हो ।

काँग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनिको सभाध्यक्षतामा समितिको शुक्रबार बसेको बैठकले शनिबार र आइतबार वडास्तरीय विशेष आन्तिरीक अभियानका केन्द्रिय कार्य समितिको कार्यविधि अनुसार वडा सभापति,जिल्ला प्रतिनिधी,प्रदेश प्रतिनिधी र केन्द्रीय प्रतिनिधीको प्रत्यक्ष सम्पर्कमा रहने गरी प्रतिनिधि खटाइएका काँग्रेस हेटौंडा नगर सचिव हर्क रत्न लामाले बताएका छन् ।

बैठकमा काँग्र्रेस बागमती प्रदेश सदस्य तथा प्रदेश प्रतिनिधी कैलाश कोइराला, जिल्ला प्रतिनिधी प्रभात कुमार दाहाल, लगायत नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिका पदाधिकारी,हेटौँडाका कांग्रेसबाट निर्वाचीत वडाअध्यक्षहरुको सहभागिता रहेको थियो । त्यसैगरी काँग्रेस हेटौंडा नगर कार्य समितिले विभिन्न विभागमा संयोजक र सह–संयोजक चयन गरेको छ । काँग्रेस हेटौंडाले प्रशिक्षण विभाग संयोजकमा नगर उपसभापति रामकृष्ण कोइराला र सह–संयोजकमा लिलानाथ ढुङ्गेल त्यसैगरी संगठन विभाग संयोजकमा कुमार पौडेल र सह–संयोजकमा कुमार तिम्लसिना र महिला संयोजकमा नगर उपसभापति डोल्मा स्याङ्बो र तरुण तथा नेपाल विद्यार्थी संघ संयोजकमा हर्क रत्न लामालाई जिम्मेवारी दिइएको नगर सभापति उत्सव ईटेनीले बताएका छन् ।

नेपाली कांग्रेस हेटौंडा नगरकार्य समितिले दैविक विपत र त्यसको उद्धार कार्यका लागि काँग्रेस हेटौंडा सह–सचिव विकास बानिँयाको संयोजकत्वामा ५१ सदस्य नगर सेवा दल समेत गठन गरेको छ । सेवा दलले प्रकोप,महामारीको अवस्थामा उद्धार कार्य गर्ने र प्रशासनसंगको समन्व्यमा प्रकोप,महामारीमा खट्ने ईटेनीले बताएका छन् ।