हेटौंडा । नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनताको चाहना र आवश्यकताले मोर्चा खडा भएको बताएका छन ।

समाजवादी मोर्चाको हेटौँडामा आइतबार भएको सन्देश सभालाई सम्बोधन गर्दै सरकारको भ्रष्टाचार विरुद्धको आन्दोलनमा साथ र सहयोग रहने बताउँदै सरकारले जनताको पक्षमा काम गरिरहेको बताए । उनले प्रधानमन्त्रीलाई सुशासनको कायमको आन्दोलनमा लाग्न आग्रह गर्दै सडकबाट सहयोग गर्ने घोषणा गरे ।

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले वर्तमान सरकारले चलाईरहेको भ्रष्टाचार विरुद्धको आन्दोलनमा एक्यबद्धता जनाउँदै सरकारको साथमा रहेको बताए । उनले स्थानीय भाषामा पठनपाठन गरिनुपर्ने बताउँदै सबै भाषा, संस्कृतिको सम्मान हुनुपर्नेमा जोड दिए ।