हेटौंडा । एकहजार ६१७ जनाको मकवानपुरमा निःशुल्क आँखा परीक्षण गरिएको छ । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र क्युर ब्लाईण्ड हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा आँखा परीक्षण गरिएको हो ।

शिविरमा परीक्षण गरिएको मध्ये २ सय ५० जनामा मोतियाबिन्दुका बिरामी फेला परेका छन । पहिचान भएका सबै मोतियाबिन्दुका बिरामीहरुलाई हेटौंडा सामुदायिक आँखा अस्पतालमा माघ २४ र २५ शल्यक्रिया गरिने लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल, एरिया २ का एरिया चिप जेपी यादबले बताए । मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया, आवास, खाना, यातायात लगायत सबै व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

स्रोत र साधनको अभावमा मोतियाबिन्दुका कारण दृष्टिबिहीन भएकाहरुलाई दृष्टि प्रदान गर्ने उद्देश्यले आँखा परीक्षण शिविर संचालन गरिएको कार्यक्रम संयोजक हरिबंश भेटवालले बताए ।

मकवानपुर जिल्लाको शिखरकटेरी, पाथिभरा, बुढिचौर, राईगाउ, बागमती बारा जिल्लाको इन्नरवासिरा, हरिपुर, हल्खोरिया, हरपुर सर्लाही जिल्लाको रामनगरमा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।

राज कुमार के.सी.
थप जानकारी