हेटौंडा । होमस्टे (घरबास) महासंघ नेपालको केन्द्रीय बैठक तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पाल्पाको सभाहलमा माघ २८ र २९ गते भएको बैठकले बिभिन्न बिभागको गठन सहित विभिन्न निर्णयहरु गरेकोछ ।

महासंघका केन्द्रीय अध्यक्ष प्रेमशंकर मर्दनियन थारुको अध्यक्षतामा भएको बैठकले १५ सदस्यीय सचिवालय सहित ४ वटा बिभाग समेत गठन गरेको छ ।

सचिवालयमा मकवानपुरका माधब कार्की सहित अध्यक्ष प्रेमशंकर मर्दनियन थारु, बरिष्ट उपाध्यक्ष बाबुराजा महर्जन, उपाध्यक्ष धनिश्वर बस्याल, एकराज घिमिरे, प्रकाश गुरुङ, लक्ष्मी नारायण चौधरी, रचना बाठा, महासचिब कृष्णलाल चौधरी, सचिव गंगादेबी हायजू, कोषाध्यक्ष सुरज बास्तोला र सदस्यहरुमा भीमबहादुर केसी, दमन पाटामार, रिम बहादुर आले, धनकुमार आले रहेकाछन् ।

बैठकले उपाध्यक्ष धनिश्वर बस्यालको संयोजकत्वमा बिदेश बिभाग, केन्द्रीय सदस्य उर्मिला गुरुङको संयोजकत्वमा शिक्षा तथा सञ्चार बिभाग, महासचिव कृष्णलाल चौधरीको संयोजकत्वमा अध्ययन, अनुसन्धान तथा विकास बिभाग र पदेन सदस्य दिनेश दहितको संयोजकत्वमा साँस्कृतिक बिभाग गठन गरेको छ ।

बैठकले होमस्टे नेपाल किर्तिपुरका बाबुराजा महर्जनलाई बरिष्ट उपाध्यक्षमा मनोनित गरेको छ । यसैगरी बैठकले महासंघको प्रवक्तामा महासचिव श्री कृष्ण लाल चौधरी र सह प्रबक्तामा कोषाध्यक्ष श्री सुरज बास्तोलालाई सर्वसहमत चयन गरेको छ ।

त्यस्तै तिलक बहादुर ढकाल, उदयराज पाण्डे, केशब प्रसाद बडाल, यदुमण्ी निरौला, डा. तुल बहादुर साउद र शिब बस्नेतलाई सल्लाहकारमा र अधिवक्ता धनेन्द्र श्रेष्ठलाई कानुनी सल्लाहकारमा मनोनयन गरेको केन्द्रीय सचिवालय सदस्य माधब कार्कीले बताए ।

केन्द्रीय सचिवालय सदस्य माधब कार्कीका अनुसार महासंघको सचिवालय बैठक मकवानपुर जिल्लाको थाहानगरपालिका २ मा रहेको डाँडाघरे बा को होमस्टेमा चैत्र ५ र ६ गते बस्ने निर्णय समेत गरिएको बताए । बैठकले महासंघकोे रननीतिक योजना तयार गर्ने, केन्द्रीय कार्यालय ब्यवस्थापन गर्ने लगायतको निर्णय गरेको छ ।

राज कुमार के.सी.
थप जानकारी