हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको १२ औं जिल्ला अधिवेशन जेठमा हुने भएको छ । एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठको अध्यक्षतामा शुक्रबार हेटौँडामा बसेको सचिवालय बैठकले आगामी जेठ १८ र १९ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य मदन कुमार दाहालले जानकारी दिए । अधिवेशनमा मकवानपुरका दश स्थानीयतहका १०२ वटा वडाका प्रतिनिधि र पर्यवेक्षकहरु समेत गरेर करिब २ हजार ५ सय जना सहभागि हुने उनले बताए ।

नेकपा एमाले पोलिटव्यूरो सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज देबी ज्ञवालीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अधिवेशन सफल पार्न उप समिति तोकेर जिम्मेवारी दिएको छ । राजनैतिक तथा संगाठनिक प्रतिवेदन लेखन संयोजकमा एका लाल श्रेष्ठ, मञ्च व्यवस्थापन संयोजकमा लाल बहादुर थापा, प्रतिनिधि व्यवस्थापन संयोजक नवीन सिग्देल, अतिथि सत्कार संयोजकमा सीता विष्ट, आर्थिक व्यवस्थापन संयोजक हिदम लामा, प्रचार प्रसार संयोजक ध्रुब प्रसाद चौलागाईलाइ दिइएको छ ।

त्यस्तै आर्थिक प्रतिवेदन, बजेट र कार्ययोजना संयोजक इन्द्र नेपाल, स्वयंसेवक परिचालन संयोजक सुनिल मोक्तान, खाना व्यवस्थापन संयोजक फुर्वा दोर्जे लामा,स्वास्थय सेवा समिति संयोजक जुना दहाल, जन साँस्कृतिक समिति संयोजक मेम्बर लो र सचिवालयको संयोजकमा राजन थापालाई जिम्मेवारी दिईएको हो ।