हेटौँडा । ५२ औं विश्व वातावरण दिवसको अवसरमा हेटौँडा ५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सम्राट घिमिरे प्रथम भएका छन ।

वातावरण संरक्षणमा संघसंस्थाको भूमिका विषयक वक्तृत्कला प्रतियोगितामा घिमिरे प्रथम भएका छन । प्रतियोगितामा जिविका पराजुली द्धितिय सचिता गौतम तृतिय र सविना चौलागाई सान्त्वना भएकी छिन । प्रतियोगितामा ९ वटा टोल विकास संस्थाका १५ जना प्रतियोगिहरुको सहभागिता थियो ।

प्रतियोगितामा प्रथम हुनेल नगद ३ हजार र प्रमाणपत्र द्धितिय हुनेल नगद २ हजार र प्रमाणपत्र, तृतिय हुनेले नगद १ हजार ५ सय र सान्त्वना हुनेले नगद १ हजार र प्रमाणपत्र प्राप्त गरेका थिए ।

सहभागी विद्यार्थहरुले वन विनास रोक्नु पर्ने, घरवरीपरी सफा राख्नु पर्ने। औद्योगिक कलकारखानाबाट निस्कने फोहरलाई ब्यवस्थापन गर्नु पर्ने र जनचेतना जगाउनु पर्ने लगायतका विषयहरुमा आफना धारणा प्रस्तुत गरेका थिए ।

समाजमा रहेका संघसंस्थाहरुले वातावरण सम्वन्धि क्रियाकलाप सञ्चालन गर्नु पर्ने, पाठ्यपुस्तकमा वातावरण सम्वन्धि विषयलाई प्राथमिकताका साथ संलग्न गर्नु पर्नेमा समेत जोड दिएका थिए ।

हेटौडा उपमहानगपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रामहरि चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । प्रतियोगितामा विशाल भट्टराई, सविना रिजाल र भीमसेन पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा हेटाँैडा ५ का वडा अध्यक्ष सुशिल घिमिरे, वडा सदस्य राम बहादुर राई, रंजिता शिलवाल, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संजीवनी सहकारीकी अध्यक्ष जानकी चौधरी, सचेत टोल विकास संस्थाका कोषाध्यक्ष चिरन्जिवी न्यौपाने,नविन टोल विकास संस्थाकी सचिव रिता आचार्य, समूहका कार्यसमितिका पदाधिकारी, उपभोक्ता लगायतको सहभागिता थियो ।