हेटौंडा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरले सञ्चारकर्मीहरुसँग आयुर्वेद सेवाको प्रबर्द्धन गर्न अन्तरक्रिया कार्यक्रम गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गतको चिकित्सालयको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरुसङ्ग अन्तरक्रिया गरेको हो ।
कार्यक्रममा आयुर्वेदिक सेवाहरु, आयुर्वेदिक कार्यक्रम, आयुर्वेद विधिबाट स्वस्थ रहने उपाय, मनोपरामर्श, योगा लगायतका विषयमा छलफल गरिएको थियो । उक्त चिकित्सालयबाट जेठ महिनासम्म ८ हजार ७ सय ६२ जना पुरुष र ८ हजार ९ सय १८ जना महिलाले चिकित्सालयबाट सेवा लिइसकेको डा. ललिता पाण्डेले बताइन् ।
चिकित्सालयले आर्थिक वर्ष २०८०/८१ मा महिला स्वयंसेविकालाई आयुर्वेद सम्बन्धि सचेतना कार्यक्रम, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार कार्यक्रम, एक जिल्ला एक जडिबुटी उद्वान निर्माण कार्यक्रम, पुर्वकर्म, पन्चकर्म कार्यक्रम, ट्राफिक प्रहरीहरुका लागि नस्य कार्यक्रम, जेष्ठ नागरिक कार्यक्रम, स्तनपायी कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम लगाएतका कार्यक्रमहरु आयोजना गरेको चिकित्सालयकी प्रमुख डा. पाण्डेले जानकारी दिइन् ।
चिकित्सालयले वहिरङ्ग सेवा, निशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म पञ्चकर्म सेवा, निशुल्क योग परामर्श, पथ्यअहार कार्यक्रम, जेष्ठ नागरिक सेवा, अकुपन्जर सेवा लगायतका सेवाहरु दिँदै आइरहेको डा. पाण्डेले बताइन् ।
अन्तरक्रिया कार्यक्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालयकी प्रमुख डा.ललिता पाण्डे, जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारि सुर्य प्रसाद चापागाईं, आयुर्वेद कन्सल्टेण्ट साइरस न्यौपाने र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्