हेटौँडा । तामाङ पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः जयराम मोक्तान सर्वसम्मत चयन भएका छन । संघको शनिवार हेटौँडामा भएको चौँथो भेलाले मोक्तानको नेतृत्वमा ११ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा, कोषाध्यक्षमा जमुना थिङलाई चयन भए । सदस्यहरुमा अन्जना लामा, संशान्त तामाङ, विवेक वाईबा, छोइसाङ सिन्तानलाई चयन भए । बैठकले दुइ सदस्यपछि मनोनीत गर्नेछ । सोही अवसरमा ३० औं तामाङ प्रशारण दिवस मनाएको छ ।

मोक्तानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा तामाङ अग्रज पत्रकारबाट संस्थापक अध्यक्ष आदर्श सिंह थोकरलाई नगदसहित सम्मानित गरिएको छ । यसैगरी प्रदेश प्रतिनिधिमा सुनसनी थिङ, केन्द्रमा राजकुमार स्याङ्बो र नवराज वाईबालाई चयन गरिएको छ ।