हेटाैँडा । हेटाैँडा ६ चाैघडामा रहेकाे सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलकाे विशेष भेला शनिवार सम्पन्न भएकाे छ ।

भेलामा विधालयका अध्यक्ष रामहरि न्याैपानेले प्रगति प्रतिवेदन , प्रवन्ध निर्देशक रामहरि चाैलागाईले आर्थिक प्रतिवेदन र प्रअ अरुण पराजुलीले शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।

भेलाले विधालयलाई आवश्यकता परेकाे ६ कठ्ठा जमिन खरिद गर्ने निर्णय समेत गरेकाे छ ।

विधालय ब्यवस्थापन समिति अध्यक्ष रामहरि न्याैपानेकाे सभाध्यक्षतामा भएकाे भेलामा संस्थापक अध्यक्ष बासुदेव अधिकारी , पूर्व अध्यक्ष हिमाल पाैडेल, लेखा संयाेजक कुमारमणी दहाल, उपाध्यक्ष साधुराम चाैलागाई,विधालयका शिक्षक, शेयर सदस्य लगायतकाे उपस्थिति रहेकाे थियाे ।

९० जना शेयर सदस्य रहेकाे यस विधालयमा ६ सय ४० जना विधार्थीहरु अध्ययनरत रहेकाे विधालयले जनाएको छ ।