हेटौँडा । मकवानपुरको मनहरीस्थित खहरेले बगाएर मंगलबार एक विद्यार्थीको मृत्यु भएको छ । एक बालक घाइते भएका छन् ।

मनहरी–८ सिम्पानस्थित युनाईटेड बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत १४ वर्षीया रन्जिता गुरुङको खहरे खोलाले बगाएर मृत्यु भएको हो । यस्तै महेन्द्र किरण माविमा ८ कक्षामा अध्ययन गर्ने १७ वर्षीय इसान गुरुङलाई खहरेले बगाएर घाइते बनाएको छ । उनको मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

मंगलबार दिउँसो स्कुलबाट घरतर्फ फर्कने क्रममा मोरङे खहरेले रन्जिता र इसानलाई बगाएको थियो । दुवै जना एकै गाउँका हुन् ।

इसानलाई प्रहरीलगायत स्थानीयवासीले उद्धार गरेर अस्पताल पु¥याएका थिए । रन्जिताको शव बगाएको स्थानबाट करिब २ किलोमिटर तल फेला परेको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।