हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिती हेटौँडा–१८ को दोश्रो साधारणसभा तथा अधिबेशन शनिवार भएको छ ।

हेटौँडा उपमहानगरपालिका १८ नं वडाका अध्यक्ष अनिल बानियाको प्रमुख आतिथ्य तथा वडा समन्वय समितीका अध्यक्ष ममता कार्कीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा टोल बिकास संस्था नगर समन्वय समितिका महासचिब शिबहरि दाहाल, उपमहासचिब देबकुमार श्रेष्ठ, सदस्य लोकेन्द्र सुर्खेतीले मन्तव्य ब्यक्त गरेका थिए ।

अधिबेशनले बिमला बिसुन्खेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । वडा समन्वय समितीको कार्यकाल ३ बर्ष रहने प्राबधान रहेको छ ।