हेटौँडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बकैया गाउँपालिका–११ का २९ वर्षीय विवेक वाइबालाई पक्राउ गरेको हो ।
शनिवार साँझ ७ बजेको समयमा हेटौँडा–१० स्थित आँखा अस्पताल नजिकैबाट वाइबालाई ३ ग्राम ९१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हाल हेटौँडा–१०, न्युरेनी बस्ने वाइबालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिई वाइबालाई प्रहरी हिरासतमै राखी अनुसन्धान गरिरहेको जनाएको छ ।