हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वले राष्ट्रियता एकता कायम गर्न सघाउने बताएका छन । माघे सक्रान्ती (माघी) पर्वको अवसरमा आज मङ्गलवार शुभकामना सन्देश जारी गर्दै उनले सामाजिक र राष्ट्रिय एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता कायम गर्न चाडपर्वले सघाउने बताए ।
उनले हाम्रा विशिष्ट पहिचानहरूलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहेकासम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, उन्नति तथा समृद्धिको शुभकामना व्यक्त गरे । उनले विशिष्ट र मौलिक पहिचान बोकेका हाम्रा चाडपर्वहरू हाम्रा खुसी जीवनका आधार रहेको शुभकामना सन्देशमा उल्लेख गरे ।
माघे सक्रान्ती÷माघी पर्वलाई खास गरी थारू र मगर समुदायले मनाए पनि यो पर्व सम्पूर्ण नेपालीले आ–आफ्नै तरिकाले मनाउने प्रचलन छ । मौलिक संस्कृतिका धनी थारू समुदायले यसलाई अति उल्लासका साथ नयाँ वर्षको रूपमा नाचगान, आफन्त भेटघाट गरी मनाउने गर्दछन् ।












प्रतिक्रिया दिनुहोस्