अदालतबाट बाहिरिँदै रास्वपा सभापति काठमाडौँ, २८ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतबाट बाहिरिँदै । उहाँलाई अदालतले आज प्रहरी हिरासतमा पठाएक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो। सभापति लामिछानेलाई स्वागत गर्न सो दलका कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । रिहाइपछि सभापति लामिछानेले यो देशमा अझै न्याय नमरेको प्रतिक्रिया दिनुभएको छ ।