
हेटौँडा । भिमफेदीमा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
भिमफेदी गाउँपालिका वडा नम्बर–३ ईचुङ स्थित घट्टेपाखा भिरबाट लडेर शनिबार स्थानीय ५३ वर्षिया चमेली माया पाख्रिनको मृत्यु भएको हो ।
घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएकी उनको चिप्लिएर भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । अनुसन्धान पश्चात शव पोष्टमाटमका लागि हेटौँडा अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्