हेटौँडा । हेटौँडा–९, मा रहेको बेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहको २४ औँ वार्षिक साधारणसभा शनिवार भएको छ ।

साधारणसभाको बन्द सत्रले पुनः वासुदेव प्याकुरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा विमला भारती, सचिवमा प्रमीला चौधरी, सहसचिवमा राजन बर्तौला र कोषाध्यक्षमा चिरञ्जीवी प्रसाद पौडेल चयन भएका छन् ।

यसै गरी सदस्यहरूमा सानु कार्की खड्का, बेली लामा, पुण्य वर्ती घिमिरे, विष्णुमणी अधिकारी, तुलसी प्रसाद सुवेदी र मनोहरी नेपाल चयन भएका छन् । लेखा समितिको संयोजकमा जयराम खतिवडा र सदस्यहरूमा रामशरण रेग्मी र राधेश्याम खतिवडा चयन भएका छन् । कार्यसमितिको कार्यकाल ५ वर्षको हुनेछ ।

नयाँ कार्यसमितिको चयन गर्न अधिकृत दीपक अधिकारीको संयोजक र सामुदायिक वन उपभोक्ता महासङ्घ केन्द्रीय सदस्य रामहरि चौलागाई र स्थानीय महासङ्घ हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

साधारणसभामा समूहका अध्यक्ष वासुदेव प्याकुरेलले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष चिरञ्जीवी पौडेलले चालू आव ०८१÷०८२ को लागि ६४ लाख ३९ हजारको अनुमानित आयव्यय विवरण पेस गरेका थिए ।

हेटौँडा उपमहानगरपालिका ९ नं. वडाका वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्य एवम् समूहका अध्यक्ष प्याकुरेलको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा ज्येष्ठ उपभोक्ता गम्भीर बहादुर थापा, सुशिलादेवी अधिकारीलाई सम्मान गरिएको थियो भने समूहलाई रङ सहयोग गर्ने एसियन पेन्टसलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

साधारणसभामा उपभोक्ताहरूले बाँदरबाट दुख पाएको बताउँदै नियन्त्रणको लागि समूहले बजेट विनियोजित गर्न माग गरेका थिए । उपभोक्ता नवराज अधिकारीले बाँदरले बालीनालीमा क्षति पुराउनुका साथै घरभित्र पसेर पाकेको भात समेत खाने गरेको गुनासो गरे ।

यसै गरी उपभोक्ता तुलसी सुवेदी र उत्तम प्रसाद खतिवडा लगायतले बाँदर बाट आफूले पनि अनेकौँ प्रकारको दुख पाएको बताउँदै नियन्त्रणको लागि सम्बन्धित निकायले ध्यान दिन आग्रह गरेका थिए ।

साधारणसभामा सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य रामहरि चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दीपक अधिकारी , सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय महासङ्घ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, सब डिभिजन वन कार्यालय, हेटौडाका रेन्जर श्रीकृष्ण न्यौपाने,सञ्चारकर्मी भीमसेन पौडेल, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो । ३७.९५ हेक्टर क्षेत्रफलमा फैलिएका यो सामुदायिक वनमा २ सय ४८ घरधुरी आबद्ध रहेका छन् ।