हेटौंडा । बागमती गोल्डकपको सातौं संस्करण फागुन ३ बाट सुरु हुने भएको छ । बागमती गाउँपालिकाको झुरझुरेमा रहेको सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा ए डिभिजनका ७ सहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितीका अध्यक्ष रहरसिंह थिङ्ले जानकारी दिए । प्रतियोगितामा ए डिभिजनको डिफेन्डिङ च्याम्पियन मछिन्द्र सहित संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च व्वाई क्लबको सहभागिता रहने छ भने आयोजक सहित मोफसलको थप तीन क्लबहरुलो सहभागीता रहनेछ ।
प्रतियोगिताको विजेता टोलिले नगद १० लाख, उपविजेताले नगद ५ लाख सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद एकलाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद २५ हजारको दरले नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्नको लागि आयोजकले ७३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त खर्च व्यवस्थापनको लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ ।
पत्रकार सम्मेलन कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केश घलानले यस वर्षबाट पालिकाले खेलमैदानलाई व्यवस्थित गरेर प्रतियोगिताको आयोजना गर्न लागेको बताए । पालिकाले सबै विधाका खेलको संरचना निर्माण गर्नका लागि श्रमदानका लागि पहल गरिएको बताए । पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य एव्म जिल्ला अध्यक्ष टिकाराम लामा, प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान बोर्ड सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्