हेटौँडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा स्किम श्रेष्ठ आउने भएकी छिन् । नवलपरासी पश्चिमकी सिडिओ रहेकी श्रेष्ठ मकवानपुरको सिडिओ भएर आउन लागेकी हुन् ।
सरकारले आज गरेको २ जना (सिडिओ) को सरुवामा नवलपरासी पश्चिमबाट श्रेष्ठ मकवानपुर आउने लागेकी हुन् । मकवानपुरका प्रजिअ तिर्थराज चिलुवालले सरुवा भएसंगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आएका छन् ।
श्रेष्ठ मकवानपुर जिल्लाको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्दै छिन । हेटौँडा–१६, हटियाकी श्रेष्ठ यसअघि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पनि सचिवको रुपमा जिम्मेवारी सम्हालेकी थिइन ।












प्रतिक्रिया दिनुहोस्